पृष्ठभूमि

नेपाल सरकारले २०७३/११/२७ गते राजपत्रमा प्रकाशित गरे अनुसार साविकका धुल्लुबास्कोट, हुग्दिशिर, बाटाकाचौर, सल्यान र सुखौरा गरि ५ गाविसलाई समावेश गरि गठन गरिएको वरेङ गाउँपालिकामा हाल जम्मा ५ वडाहरु रहेको छन् | साविकका ५ गाविसलाई नै अलग अलग ५ वडा बनाइएको छ | साविकका वडा नम्बर १ र २ को सिमानामा रहेको वरेङ बजारको नाम बाट यो गाउँपालिकाको नामकरण गरिएको हो | यो गाउँपालिका ७५.२९ वर्ग किलोमिटर क्षेत्रफ़ल मा फैलिएको छ | पूर्वमा बागलुङ जिल्लाकै जैमिनी नगरपालिका, पश्चिममा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका उत्तरमा गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका रहेको यस वरेङ गाउँपालिकाको केन्द्र यसका ४ वडाहरु हुदै गुल्मी तर्फ बग्ने हुग्दिखोलाको किनारमा साविकका हुग्दिशिर गाविसको कार्यालय रहेको सुदला फाँटमा रहेको छ | मगर जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा ब्राहमण, क्षेत्री, थकाली तथा दलित जातिको पनि बाक्लो उपस्थिति रहेको छ | यस गाउँपालिकामा जिल्लाकै प्रसिद्ध साग्दी सत्यवती मन्दिर रहेको छ | देवि बहिरी भएकोले चर्को स्वरमा मागेमा मनोकामना पुरा हुने बिश्वास गरिने यस मन्दिरमा विभिन्न जिल्लाबाट पुजा गर्न आउने गर्दछन् । यस मन्दिरमा पूर्णिमामा मेला लाग्ने गर्दछ | त्यस्तै पालिका भित्र भैसेखोला झरना, भातेपोखरा, काैडेको लेक, सिग्दी होमस्टे, भुमेथान, कालिलेख, देउराली, फुटबल खेलमैदान, वनभोज स्थल जस्ता विकासका परियोजना जस्ता सौन्दर्यले भरपूर, पर्यटकीय विकासको अथाहा सम्भावना बोकेको ठाउँ रहेको छ । सवै वडामा विद्दुतको पहुँच पुगेको, मुख्य तथा शाखा मोटरबाटो टोलटोलमा पुगेको, मुख्य बजार बरेङ र पालिका परिसारमा सिसिटिभि, साैर्य बत्ति जडान भएको, दैनिक वुटवल, पाल्पा, बागलुङ, पोखरा यातयातमा सहजता भएको, एक सामुदायिक रेडियो र ८ वटा माध्यमिक विद्यालय र एउटा सर्वोदय क्माम्पस रहेको, ३० मिनेटको दुरीमा स्वास्थ्य सेवा प्रवाह भैरहेको छ ।

Read More  

वडाहरु

घरधुरी

२६३५

जनसंख्या

१०२२४

पुरुष जनसंख्या

५२५९

महिला जनसंख्या

४९६५

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

१२८.९३
भौगोलिग विवरण
  • पुरुष १२४१
  • महिला ११९६
  • जम्मा(पुरुष + महिला) २४३७
  • ( घरधुरी ) ७२४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १६१०
  • महिला १५१९
  • जम्मा(पुरुष + महिला) ३१२९
  • ( घरधुरी ) ७८४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ११९९
  • महिला ११०७
  • जम्मा(पुरुष + महिला) २३०६
  • ( घरधुरी ) ६३६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ६६१
  • महिला ६२१
  • जम्मा(पुरुष + महिला) १२८२
  • ( घरधुरी ) २७९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ५४८
  • महिला ५२२
  • जम्मा(पुरुष + महिला) १०७०
  • ( घरधुरी ) २१२
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि तथा खेती २५६९
नोकरी ४७३
ज्यालादारी ३०६
दक्ष रोजगारी ८८
वैदेशिक रोजगार ८२९
ब्यापार/व्यवसाय १२८
विस्तारित आर्थिक काम/उद्योग
बेरोजगार ५५९
घरधन्दा १८३९
अध्ययन २५९२
अन्य पेशा १३७
कुनै काम नगरेको ६९८

नक्शा